स्वास्थ्य

अशक्त, अपांग र दीर्घरोगीलाई घरमै गएर कोभिडविरुद्धको खोप लगाउन सर्वाेच्च अदालतको आदेश

इकागज |
साउन २९, २०७८ शुक्रबार १५:५२ बजे

काठमाडौँ - सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्नेहरुलाई घरमा नै गएर कोभिडविरुद्धको खोप उपलब्ध गराउन आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यस्तो आदेश दिएको हो ।  

‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिडडुल गर्न नसक्ने, अस्पतालले पहिभान गरेको दीर्घ रोगी तथा फरक क्षमता भउका, दुवै आँखा नदेख्ने व्यक्तिहरुसमेतका लागि राज्यले वडा वडास्तरबाट लगत संकलन गरी वा उपयुुक्त अन्य माध्यमबाट पहिचान गरी घरघरमा पुगी कोभिड खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्व निर्वाहको लागि कार्यक्रम संचालन गर्नु गराउनु भनी सर्वाेच्च अदालतको नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम विपक्षीहरुको नाममा यो अन्तरिम आदेश जारी गरिएको छ’ अदालतको आदेशमा भनिएको छ ।  



Author

थप समाचार
x