स्वास्थ्य

अन्तत: स्वास्थ्य मन्त्रालयले उल्लेख गर्‍यो मधेस प्रदेश

इकागज |
माघ ९, २०७८ आइतबार ११:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेस प्रदेश उल्लेख गरेको छ । यसअघि प्रदेश सभाले मधेस प्रदेश नाम तोकिसक्दा पनि मन्त्रालयले दैनिक कोभिड-१९ संक्रमितको संख्या सार्वजनिक गर्दा प्रदेश २ लेख्‍ने गरेको थियो ।

शनिबार मन्त्रालयले कोभिडको तथ्यांक जारी गर्दा 'मधेस प्रदेश' भनेर उल्लेख गरेको छ । शुक्रबार मात्र इकागजले 'स्वास्थ्य मन्त्रालयलाई थाहै छैन मधेस प्रदेश !' शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।


गत सोमबार प्रदेश २ को नाम 'मधेस' नामाकरण भयो । प्रदेश सभा बैठकले प्रदेश सभाको नाम 'मधेस' प्रदेश राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको थियो । सोही बमोजिम अब  प्रदेश २ को नाम विधिवत रुपमा मधेस प्रदेशको रुपमा नामाकरण भइसकेको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबारदेखि संक्रमितको तथ्यांक सार्वजनिक गर्दा मधेस प्रदेश लेखिने प्रतिबद्धता जनाएका थिए ।

यो पनि

स्वास्थ्य मन्त्रालयलाई थाहै छैन मधेस प्रदेश !

 

 

 

 

 

 

 


Author

थप समाचार
x