संखुवासभामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु
फाइल फोटो
संखुवासभा - चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् ।
चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
उद्दार कार्यको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया