दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता
फाइल तस्बिर
कैलाली- दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन्। ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर स्थानीय १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता भएका हुन्।
भारतबाट सामान खरिद गरी घर फर्कने बेला आज दिउँसो ३:३० बजेतिर तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको खम्बा भाँचिएर उनी नदीमा बेपत्ता भएको ब्यास प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक बिष्टले स्थानीय र सशस्त्र प्रहरी संगै नेपाल प्रहरीले बेपत्ता बुढाथोकीको खोजी कार्य गरिरहेको बताए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया