घटना-दुर्घटना

करेण्ट लागेर पर्वतमा वडा सदस्यको मृत्यु

इकागज |
असार ३२, २०७९ शनिबार १७:५७ बजे

प्रतिकात्मक तस्वीर

कुश्मा- पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दिपक गुरुङको शनिबार दिउँसो करेण्ट लागेर ज्यान गएको हो ।

गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए ।  मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए ।


 


Author

थप समाचार
x