कार्यकक्षमै पिटिए हेटौंडा-४ का वडाध्यक्ष
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देल कार्यकक्षमै पिटिएका छन् । अध्यक्ष सिग्देललाई उनकै पार्टी नेकपा एमालेका जिल्ला सदस्यले पिटेको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष सिग्देल पार्टी सचिव समेत हुन् । वडाध्यक्ष सिग्देलमाथि एमालेको जिल्ला सदस्य सानु लामा दोङले कुटपिट गरेका हुन् । आफूले पिटाई खाए लगत्तै सिग्देलले प्रहरीमा किटानी जाहेरी दिएका छन् । सिग्देलले आफूमाथि अन्याय प्रतिक्रिया दिए,तर कारण खुलाउन चाहेनन् । आफ्नैै पार्टीको जिल्ला सचिव रहेका सिग्देललाई जिल्ला सदस्य लामाले किन हातपात गरे भन्नेबारे खुलेकाे छैन ।
कारवाहीका लागि माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । सिग्देलको उजुरी परेलगत्तै हातपात गर्ने लामाको घरमा प्रहरीले छापा मारेको तर, लामा फरार रहेको प्रहरी प्रवक्ता कार्कीको भनाइ छ ।
"आफूमाथि हातपात भएकोले कारवाहीको माग गरेर वडाध्यक्षले उजुरी दिनुभएको छ,हामी लामाको खोजीमा छौ" कार्कीले भने । यसबारे प्रतिक्रिया लिन खोज्दा लामाको भने फोन सम्पर्क हुन सकेन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया