उदयपुरको बेलकामा एकै परिवारका तीनजनाको हत्या, संलग्न एक पक्राउ
खाेलामा विभत्स रूपमा फेला परेका शव ।
विराटनगर- उदयपुरको बेलका नगरपालिका-७ दिलुटारमा एकै परिवारका तीनजनाको सामूहिक हत्या भएको छ ।
स्थानीय राजकुमार बस्नेत (३७), उनीकी श्रीमती सरिता बस्नेत (३३) र छोरा १२ वर्षीय सुजन बस्नेतको शव नजिकैको वादिङ खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश पोद्धारले जानकारी दिए ।
प्रहरीका अनुसार दाजु नाता पर्ने ४२ वर्षीय नरबहादुर बस्नेतले तीनै जनालाई खुकुरी प्रहरी गरी हत्या गरेको जनाएको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा नरबहादुरलाई पक्राउ गरिसकेको प्रवक्ता पोद्धारले बताए ।
हत्याको कारण भने खुल्न बाँकी रहेको जनाइएको छ । घटनास्थल भोजपुर जिल्लाको सिमानामा पर्ने दुर्गम स्थानमा रहेका कारण प्रहरीलाई अपरान्ह ३ बजेतिरमात्रै जानकारी आएको र घटना भने शुक्रबार विहानकै समयमा भएको उनले बताए ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी निरीक्षक सुभाष खनालको नेतृत्वमा प्रहरी टोली पुगिसकेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया