घटना-दुर्घटना

मकवानपुरकाे भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

इकागज |
असोज ६, २०७९ बिहीबार १६:११ बजे

मकवानपुर- मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा यात्रु बाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।​

भिमफेदी गाउँपालिकाको जुरीखेत भन्ने स्थानमा बा.३ख ७८५८ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको भिमफेदी प्रहरीले जनाएको छ । 


काठमाडौँबाट हेटौंडा आउँदै गरेको बसमा कति जना यात्रु सवार थिए भन्नेबारे खुल्न बाँकी रहेको छ । घाइतेहरूको संख्या र मृतकको सनाखत समेत भएको छैन । 

दुर्घटनामा गम्भीर घाइतेहरूलाई काठमाडौँ पठाइएको छ ।


Author

थप समाचार
x