घटना-दुर्घटना

मकवानपुर र धादिङमा भएका दुर्घटनामा ८ जनाको मृत्यु

इकागज |
असोज ६, २०७९ बिहीबार १७:४२ बजे

मकवानपुर- मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेत र धादिङको बेशीमा भएको दुर्घटनाबाट ८ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मकवानपुरको भिमफेदी–कुलेखानि–काठमाडौँ सडक खण्डको भिमफेदी ६ जुरिखेतमा कुलेखानीबाट भिमफेदीतर्फ आउँदै गरेको ना ३ख ७८५८ नम्बर को मिनीबस अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल सडकमा खसेको थियो । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।


हेटौडाबाट काठमाडौँ जाँदै गरेको मधेश प्रदेश ०३००१ ज ०२७१ नंम्बरको सुमोमा ठोकिँदा सुमोमा सवार समेत घाइते भएको र बसमा सवार ३० जना मध्ये ६ जनाको घटनास्थलमा नै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यता धादिङ जिल्लामा भएको दुर्घटनामा परी एक स्कुले बालकको मृत्यु भएको छ । धादिङ बेशिबाट काठमाडौँ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले सोही स्थानको आदर्श चोकमा स्कुल जाँदै गरेका दिलबहादुर नेपालीका ६ वर्षीय छोरा विजय परियारलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको विषयलाई लिएर स्थानीयवासीहरू आक्रोशित भई बाटो दुईतर्फी बन्द गर्नुका साथै बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा सशस्त्र प्रहरी राजमार्ग सुरक्षा आदमघाटबाट खटिएको टोलीले ग्याँस गनबाट १ सेल फायर गरेको जनाएको छ ।


Author

थप समाचार
x