बबई र कर्णाली नदीमा दुई शव फेला
![](https://ekagajcdn.prixacdn.net/media/albums/death_body_RkHAmh90ka.jpg)
बर्दिया- बर्दियाको बबई नदीमा बगेर आएको दुईजना पुरुषको शव फेला परेको छ ।
ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अड्किएको अवस्थामा शव फेला परेकाे सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए ।
यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ । काम गर्न गएका राजापुर नगरपालिका–१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया