बृद्व भत्ता बुझेर फर्किँदा भिरबाट लडेर मृत्यु
बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृत्यु भएको छ । धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा उनी ठूलाखर्क घोप्टे सालको भीरबाट लडेर मृत्यु भएको प्रहरले जनाएको छ ।
उनी भीरबाट करिब ८० मिटर तल खसेका थिए । भीरमा लडेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया