अर्घाखाँचीमा भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु
सांकेतिक तस्बिर
अर्घाखाँची- अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा निर्माणाधिन विमानस्थलनजिकै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा २ जना घाइते भएका छन् ।
सन्धिखर्क नगरपालिका- १० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल चलाउने क्रममा गए राति अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन् ।
प्रदेश नम्बर २(०३८।प।५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।
अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइतेको बुटवलमा रहेको मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया