घटना-दुर्घटना

भारतको हेपाह प्रवृत्ति : गल्ती स्वीकार, क्षतिपूर्तिबापत १६ लाख दिने

इकागज |
कात्तिक १३, २०७९ आइतबार १२:३२ बजे

भारतले तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेको ठाउँ । उक्त ठाउँमा मृत्य भएका ९ बर्षिय बालक पवन महरा

दार्चुला- भारतले तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर व्याँस गाउँपालिका वडा नम्बर २, दुम्लिङ अरतौलीका ९ वर्षीय बालक पवन महराको शुक्रबार मृत्यु भएको छ । 

सीमा क्षेत्रमा भारतले सूचना नै नदिइ विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको घटनास्थलमै ज्यान गएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घ राज उपाध्यायले बताए ,उनले भने दुर्घटना स्थलबाट मृतक बालकको शुक्रबार राति शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ। 


तम्बाकु नजिक थी खर्कबाट फर्कने क्रममा साढे ११ बजे पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बुबा हिक्मतले बताए। भारतीय पक्षले जानकारी नदिइ विस्फोट गराएका कारण आफ्नो छोराले ज्यान गुमाउनु परेको उनले बताए।

उनले भने हामी सपरिवार आउँदै गर्दा माथिबाट ढुङ्गा खसेर आयो। पारिबाट विस्फोट हुँदैछ भनेर भारतिय पक्षबाट कुनै जानकारीकै भएन ,हामीहरुलाई के थाहा हुन्थ्यो हामी महाकाली वारि आउँदै थियौँ।’ 

महाकाली नदी थुनियो 
विगत धेरै बर्ष देखि भारतिय पक्षले धारचुला हुदै कालापानी ,लिपुलेक सम्म सडक बिस्तारको कार्य गरी रहेको छ । विगतका दिनहरुमा पनि महाकाली नदी त थुनिएकै हो तर पनि नेपालको तर्फबाट कुनै चासो नदिदा बढी दुर्घटना बढ्दै गएको छ । भारतिय पक्षले जिलेटीन पड्‌काउँदा ठूला ढुङ्गा चट्टान खसेर महाकाली नदीमै जान्छन् अनि नदि नथुनिएर के हुन्छ व्यासका एक स्थानीयले भने ।  

 ‘भारतीय सडक निर्माणको जिम्मा पाएको गर्ग एण्ड गर्गले पारिपट्टि सडक चौडा बनाउन विस्फोट गर्दैछ। काम गराइको राम्रो तरिका नहुँदा र लापरबाहीका कारण मेरो छोराको ज्यान गएको मृतकका बुवा हिक्मत महराले बताए । 

बिदामा बाख्रा चराउन खर्क गएका थिए पवन 
दसैं तिहारको बिदामा थी खर्कमा गाईवस्तु, भेडा चराउन गएका उनीहरुको कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि गाउँ फर्किँदै थिए ।  पवनको विद्यालय यहि कात्तिक १४ गते सोमबार खुल्ने भएको थियो तर पवनले स्कुलको मुख देख्न पाएनन् । पवनको शोकमा पुरै गाउँ,विद्यालय डुबेको छ । एउटा मिहिनेत बिद्यार्थी गुमाउनुको पिडा निकै दुःखद हुँदो रहेछ सम्पाल मा.बि सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीले भने । पवनका ३ दिदी भाइ यसै विद्यालयमा पढ्छन् अब पवन हामीहरुलाई सम्झना मात्रै रहन्छ सोही विद्यालयका नेपाली शिक्षक पदम भट्ट बताउँछन् । 

दार्चुला प्रशासनलाई छैन जानकारी 
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्‍याउने काम गर्न पाउँदैनन् । विस्फोट गराउनै पर्ने भए विस्फोट अवधिभर प्रभावित क्षेत्रमा मानिसलाई आवतजावतमा रोक लगाउनुपर्छ । त्यसका लागि एकअर्का देशका प्रशासनबीच समन्वय हुनुपर्छ । तर शुक्रबार भारतीय पक्षले विस्फोट गराउनुअघि त्यस क्षेत्रका बासिन्दालाई सूचना नै नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय विस्फोट गर्नु अघि भारतीय पक्षले प्रशासनलाई जानकारी गराउनु पर्छ तर भारतिय पक्षले दार्चुलाको जिल्ला प्रशासनलाई  कुनै जानकारी दिएन । हामीले ‘घटना सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौँ’, ‘कुटनीतिक तवरमा सरकारले प्रक्रिया अघि बढाउँला। 

हामी सीमाका बासिन्दालाई मुक्ति कहिले मिल्छ ? 
जिल्लाको हिमाली भेगमा बसोबास गर्ने मानिसहरुलाई भारतिय पक्षले गरेको काम र बोली ब्यबहार बाट निकै तनाव भइ सकेका छन । उनीहरु भन्छन् ए सरकार हामीहरुलाई यिनिहरुको टोकाइबाट मुक्ति कहिले दिने हो ? हामी निकै पिडित भई सक्यौँ । कहिले महाकाली नदीबाट खसाउँछ , कहिले ढुङ्गा मुढा हानेर मार्छ । धेरै दुःख दिएको छ हामीहरू आफ्नो जीवन सुरक्षीत गर्न चाहन्छौँ, हाम्रा पनि बालबालिका छन् माया लाग्छ । ए सरकार छिटै हाम्रो पनि व्यवस्थापन गर भनेर अहिले व्याँस बासी सडकमा रोई कराई गर्दै बसेका छन् । 

दुम्लिङ देखि व्याँसको छाङरु तिंकर जाने घोरेटो बाटो पनि त्यहीँ भारतीय सडकका कारण अवरुद्ध भएको छ । विगतमा भारतीय पक्षले सडक निर्माणको क्रममा भएको घोरेटो बाटो भारतीय पक्षले बनाउने सहमति गरे पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन ।    व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी सीमा क्षेत्रमा भारतीय पक्षले अमानवीय काम गरिरहेको बताउँछन् । गत वर्ष मात्रै जयसिंह धामी तुइन काटेर मारिए। वर्षै पिच्छे यस्ता घटना भइ रहन्छन् । यसलाई तत्काल रोक्नका लागि गृह मन्त्रालयले ध्यान दिनु पर्छ उनी भन्छन्  ।

सहमतिमा सकियो बैठक

घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको छ । ' हिजो (शनिबार) भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल भएको छ । भारतीयले (गल्ती स्वीकार) गरेको छ । निर्माण कम्पनीले क्षतीपूर्ति दिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार भारतीय कम्पनीले मृतकका परिवारलाई १६ लाख रूपैँया दिने पनि सहमति भएको छ । सहमति पछि सब लाई पोष्टमार्टम गरिने उपाध्यायले बताए । 


Author

थप समाचार
x