घटना-दुर्घटना

बाेलेराे दुर्घटनामा नवजात शिशुसहित आमाकाे मृत्यु, ६ जना घाइते

इकागज |
कात्तिक २०, २०७९ आइतबार १८:११ बजे

जनकपुरधाम- बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बाेलेराे दुर्घटना हुँदा उनीसहित उनकाे एकदिने नवजात शिशुकाे मृत्यु भएकाे धनुषा प्रहरीले जनाएकाे छ ।


सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेका क्रममा लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्रीको अगाडि ना ३ च ३५७५ नम्बरको बोलेरो (जिप) अनियन्त्रित भई सडककाे बीचमा रहेकाे डिभाईडरमा ठाेकिएर दुर्घटना भएकाे धनुषाका प्रहरी प्रवक्ता डिएसपी  प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

उनका अनुसार लक्ष्मीनिया ५० वर्षीया चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतो घाइते भएका छन् ।

घाइते मध्ये सिकिस्त दुई जनालाई बाहिर रेफर गरिएकाे छ भने बाँकी सबैकाे लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा भइरहेको छ ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको धनुषाका डिएसपी क्षेत्रीले बताए ।


Author

थप समाचार
x