कैलालीको लालझाडी वन क्षेत्रमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
कञ्चनपुर - पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से २ प ८२० नम्ब– ८ बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँदको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पुर्याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए ।
ट्र्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् । घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया