दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

फाइल तस्बिर
दार्चुला– दार्चुलाको व्याँस गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन् ।
बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि-पछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । व्याँस क्षेत्रमा संचार सुविधा नभएका कारण घटना ढिलो गरि जानकारीमा आएको हो । उनी ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया