घटना-दुर्घटना

पोखरा विमान दुर्घटना : ३२ शव अस्पतालमा, २८ घटनास्थलमा

इकागज |
माघ १, २०७९ आइतबार १६:१२ बजे

पोखरा। पोखरामा आज बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ६० जना यात्रुको शव निकालिएको छ । ६० मध्ये ३२ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

बाँकी घटनास्थल मै रहेको उनको भनाई छ । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको उनले बताए । यती एयरलाइन्सको कलसाइन (एन–एएनसी एटीआर–७२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।



Author

थप समाचार
x