घटना-दुर्घटना

रामेछापमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु

इकागज |
चैत २३, २०७९ बिहीबार १८:५५ बजे

काठमाडौं– रामेछापको मन्थली नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको ज्यान गएको हो ।

घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए । स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ । स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ । मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो


दुर्घटनामा मृत्यु हुनेको पहिचान भइसकेको छैन । अहिले दुर्घटनास्थलमा उद्धार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x