घटना-दुर्घटना

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुने संख्या ५ पुग्यो

इकागज |
चैत २३, २०७९ बिहीबार २१:२ बजे

मन्थली- रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् ।    


बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । दैनिक रूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो आज अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ ।  

 

र, याे पनि

रामेछाप दुर्घटना अपडेट : मृतक चार जनाको सनाखत

रामेछापमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु


Author

थप समाचार
x