घटना-दुर्घटना

कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते दुई जनाको मृत्यु

इकागज |
असार १२, २०८० मंगलबार १६:५९ बजे

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

सोमबार राति  घोडाघोडी नगरपालिका–१० मा रांगा डलबसँग मोटरसाइकल ठोक्किएर घाइते भएका मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय असिम राजबंशी र मोटरसाइकल पछाडि सवार २७ वर्षीय बिजेन्द्र चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । 


घोडाघोडी नगरपालिका–१० सशस्त्र बेश क्याम्प नजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से.५प ७५७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय कलेसु चौधरीले चलाएको गाडामा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक राजबंशीको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही स्थानका बिजेन्द्र चौधरीको समेत उपचारको क्रममा सोमबार राति मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x