जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
पोखरा- कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटर पछाडि सवार युवक भने घाइते भएका छन् ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका-२७ तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङ रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गुरुङको बिहीबार बिहान सवा ५ बजे मृत्यु भएको हो । घाइते भएका स्कुटरमा सवार पोखरा २७ अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जिपले विपरीत दिशाबाट आउँदै ग ८ प ५८३८ नम्बरको स्कुटरलाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो । जिपसहित चालक वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया