घटना-दुर्घटना

सल्यान दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो

इकागज |
असार २१, २०८० बिहीबार १८:५३ बजे

सुर्खेत- सल्यानमा गुडिरहेको बसमा विद्युतको करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

गम्भीर घाइते बस धनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीका ३३ वर्षीय महेन्द्र ओलीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको दाङ तुल्सिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । 


यसअघि एकै घरका रोल्पा गंगादेब गाउँपालिका-४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो । 

बिहीबार बिहान १०:३० बजे राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सपोर्टका लागि छेउमा गाडिएको तारमा छोइँदा बसमा करेन्ट लागेको  थियो । बसमा १९ यात्रु सवार थिए । अन्य भने सकुशल रहेका छन् ।

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु


Author

थप समाचार
x