भूकम्पपछिको पहिरोमा परेर बझाङकी एक महिला बेपत्ता
सांकेतिक तस्विर
धनगढी - बझाङकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी एक महिला बेपत्ता भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ४० वर्षीया गुनमति धामी टिमुर टिप्न जंगल गएकी थिइन्। उनी घर नफर्किएपछि खोजी गर्दा उनी रहेको भू–भागमा पहिरो गएको छ। धामीको अवस्था अज्ञात रहेको छ। भूकम्पपछिको पहिरोमा परेर धामी बेपत्ता भएकी हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उक्त क्षेत्रमा खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
मङ्गलबार दिउँसो ६ दशमलव ३ म्याग्निटिउडको भूकम्प गएको थियो। जिल्लामा भूकम्पका कारण १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख भरत शाहका अनुसार भौतिक तथा मानवीय क्षतिको पूर्ण विवरण भने आएको छैन।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया