रातु खोला पुलबाट हाम फाल्दा बैतडीका सैनिक जवानको मृत्यु
जनकपुरधाम - धनुषाको धारापानीस्थित ब्यारेकमा रहेका एक सौनिकको हाम फाल्दा मृत्यु भएको छ ।
धनुषाको लालगढ र महोत्तरीको बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा सैनिक जवान विक्रम सिँह बोहराको मृत्यु भएको हो ।
धनुषाको धारापानीस्थित रहेको स्कूल टोल ब्यारेकका जवान बोहराले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनाको बारेमा अनुसन्धान भईरहेको जनाएको छ । बोहरा धारापानी स्कूल टोल ब्यारेकबाट धनुषा महोत्तरीको रातु पुल नजिक किन गएको भन्ने बारे प्रष्ट भएको छैन ।
उनी बैतडी जिल्लाको रहेको परिचय पत्रमा उल्लेख छ । उनीसँगै उनको परिचय पत्र भेटिएपछि उनी सेनाको कर्मचारी रहेको थाहा भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया