इजरायलमा मारिएका चार नेपालीको शव आज बिहान नेपाल ल्याइँदै
काठमाडौँ- प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार नेपाल ल्याइँदैछ ।
परराष्ट्र मन्त्रालयले जनाएअनुसार उनीहरुको शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइने छ ।
शव बुझ्न परराष्ट्र मन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने मन्त्रालयले जनाएको छ।
इजदरायलको तेलअबिबस्थित नेपाली दूतावासले निधन भएका १० नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको हो ।
नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जानकारी गराएको छ ।
हमासको आक्रमणमा परी मारिएका अन्य ६ जना नेपालीको शव परीक्षणमा थप समय लाग्ने दूतावासले जनाएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया