बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु
फाइल फोटो
काठमाडौं - बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ।
आज दिउँसो १२:३० बजेको समयमा बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका सुमित थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।
बबई नदीमा नुहाउन गएका उनलाई जीरा सामुदायिक वन नजिक पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो।
उपचारका लागि आरसी थारू मेमेरियल अस्पताल लगिएकोमा उनलाई १ः२० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया