सडक दुर्घटनामा परी भारतमा नेपाली महिलाको मृत्यु
फाइल तस्बिर
धनगढी- कैलालीकी एक महिलाको भारतमा ट्याङ्करको ठक्करबाट मृत्यु भएको छ ।
कैलालीको लम्की चुहा नगरपालीका-२ की जानकी बिकको मृत्यु भएको हो । उनी रोजगारको सिलसिलामा भारतको बैंग्लोरमा काम गर्दै आएकी थिइन् । बुधबार काम गर्न जाने क्रममा बीच सडकमा पानी बोकेको ट्याङ्करले उनलाई ठक्कर दिएको हो ।
ट्याङ्करले ठक्कर दिँदा जानकीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टम गरेर कैलाली ल्याइएको छ । मृतकका आफन्तहरूले ट्याङ्कर चालकलाई कडा कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया