सेती नदीमा माछा मार्न गएका एकको शव सशस्त्र प्रहरीले निकाल्यो, एकको खोजीकार्य जारी
फाइल फोटो
कास्की - कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ, भने एकको खोजी कार्य जारी छ ।
माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङ ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिम सहितको फौजले गए राती पौने १ बजे शव निकालेको छ ।
सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया