ग्याँस लिक भएर रौतहटमा आगलागी, ६ लाख बढीको क्षति
रौतहट - भारतीय सिमानासंग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौँको क्षति भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।
आगलागीबाट अन्नपात, गरगहना र लत्ताकपडा गरी ६ लाख ५० हजार बराबरको सरसामान पूर्ण रुपमा जलि नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौरबाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गर्मीयामसंगै हावाहुरी चल्न सुरु भए यता रौतहटमा आगलागीबाट झण्डै १ दर्जन घर जलेर लाखौं लाखको क्षति भएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया