घटना-दुर्घटना

खेत जोत्दै गर्दा करेन्ट लागेर किसानको मृत्यु

इकागज |
बैशाख ३०, २०८१ आइतबार १८:२४ बजे

फाइल फाेटाे

बुटवल - खेत जोत्ने क्रममा बिजुली अड्याएको तारबाट करेन्ट लागेर आज एक किसानको ज्यान गएको छ। नौवहिनी गाउँपालिका–६ छम प्यूठानका २८ वर्षीय सन्तोष परियारको करेन्ट लागेर ज्यान गएको हो।

करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।​


मृतक परियार केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी फोप्लीको लुप्लुङबाट बसाइँसरेर नौबहिनी–६ स्थित छममा गएका हुन्।


Author

थप समाचार
x