घटना-दुर्घटना

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृ्त्यु

इकागज |
बैशाख ३०, २०८१ आइतबार १८:२८ बजे

सांकेतिक फोटो

धनगढी - कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ।

आइतबार दिउँसो जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।


नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा खड्काको उद्धार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो।​

साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ। दुवै बालबालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।


Author

थप समाचार
x