पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
काठमाडौँ- पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर बर्दियामा मंगलबार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया