घटना-दुर्घटना

नुवाकोटमा दाजुभाइबीच जग्गा विवाद हुँदा खुकुरी प्रहार, वृद्धको मृत्यु

इकागज |
जेठ १७, २०८१ बिहीबार ११:२२ बजे

प्रतीकात्मक चित्र

काठमाडौँ- नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा एक ७२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ ।

सोमबार साँझ साढे सात बजे खमसिङ तामाङ आफ्नै घर अगाडि मृत अवस्थामा फेला परेका थिए । प्रहरीले उनको खुकुरी प्रहारबाट हत्या भएको पुष्टि गरेको छ ।


घटनाको आशंकामा प्रहरीले सिंहबहादुर तामाङलाई खुकुरीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी चौकी मैलुङ र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलमा खटाइएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाजुभाइबीचको जग्गा विवाद हत्या हुनसक्ने प्रमुख कारण रहेको बताइएको छ । यस घटनाले गाउँमा त्रास फैलिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x