घटना-दुर्घटना

खाटबाट खसेर १६ महिने बालकको मृत्यु

इकागज |
जेठ २१, २०८१ सोमबार १७:६ बजे

सांकेतिक फोटो

काठमाडौँ - भक्तपुरमा खाटबाट खसेर १६ महिने बालकको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका - १० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको खाटबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीले जानकारी दिए ।


उनका अनुसार बालक झ्याल नजिकैको खाटमा खेल्ने क्रममा भुईँमा खसेका थिए। खाटबाट खसेर गम्भीर घाइते भएको उनलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बालकको सोमबार मृत्यु भएको हो। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।


Author

थप समाचार
x