घटना-दुर्घटना

विपद् व्यवस्थापन टोलीद्वारा दक्षिणकाली सवारी दुर्घटनामा मृत्यु भएका महिला र पुरुषको शवको उद्धार

इकागज |
जेठ २४, २०८१ बिहीबार १६:५८ बजे

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका-८ केराबारीस्थति सवारी दुर्घटना भई सडकबाट भीरमा लडेर महिला र पुरुषको मृत्यु भएको छ । 

दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरूको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 


मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ०४ बस्ने अन्दाजी वर्ष ३२ की सबिना राई र स्थायी वतन जिल्ला धादिङ सिद्धलेख गा.पा. वडा नं.५ हाल जिल्ला भक्तपुर बस्दै आएका अन्दाजी वर्ष ४२ को राम चन्द्र खनाल रहेका छन् । उनीहरू भिर/पहरामा अड्केको भन्ने खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीबाट प्र.नि. डबलबहादुर बमको कमाण्डमा २५ जनाको विपद् उद्धार टोलीले घटनास्थलमा गई दुवै जनाको उद्धार गरेको थियो ।

आवश्यक उद्धार सामग्रीसहित खटिई गई दुवै जनाको मृत उद्धार गरी स्थानीय प्रहरीलाई बुझाए पश्चचात विपद् उद्धार टोली फिर्ता भएको विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएको थियो । दुर्घटना आज बिहान ५:३० बजे भएको जनाइएको छ ।


Author

थप समाचार
x