घटना-दुर्घटना

थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

इकागज |
जेठ ३१, २०८१ बिहीबार १३:१७ बजे

फाइल फोटो

मनाङ - मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ । 

 मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । 


पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । 
 


Author

थप समाचार
x