कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी

सांकेतिक फोटो
कञ्चनपुर - कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ।
लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतबार आगलागी भएको हो।
आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया