घटना-दुर्घटना

लमजुङमा पहिराेमा परी मृत्यु भएका चारै जनाको शव भेटियो

इकागज |
असार १२, २०८१ बुधबार १५:८ बजे

लमजुङ - जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिरोले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । 

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए । उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् । 



Author

थप समाचार
x