घटना-दुर्घटना

रामेछापमा बस दुर्घटना

इकागज |
असार १४, २०८१ शुक्रबार ११:५ बजे

रामेछाप - रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ  ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेहरूको उद्धार गरि उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइ सकिएको छ ।



Author

थप समाचार
x