घटना-दुर्घटना

सप्तकोशीमा पानीको बहाव घट्यो

इकागज |
असार २४, २०८१ सोमबार ११:५३ बजे

फाइल फोटो

विराटनगर - सप्तकोशीमा पानीको बहाब घटेको छ । सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ ।

सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो । 


सप्तकोशीका यस अघि सबै  ५६ ढोका खोलिएकोमा पानीको बहाब घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ ।

सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ ।


Author

थप समाचार
x