Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

घटना-दुर्घटना

रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

इकागज |
असार २५, २०८१ मंगलबार ११:३१ बजे

फाइल फोटो

रुकुम पूर्व - रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चार जनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।


 उनीहरूलाई उपचारका लागि रुकुमकोट पठाइएको छ । 
 


Author

थप समाचार
x