Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

घटना-दुर्घटना

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो

इकागज |
असार २७, २०८१ बिहीबार १०:१३ बजे

चितवन - पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ ।   

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान  पहिरो खस्दा राजमार्गमा दुईतर्फी  नै यातायात आवागमन रोकिएको थियो ।


अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । उनले  आवागमन  दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताए ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ  । सो राजमार्गमा दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकिन जानकारी सरकारी निकायसँग छैन । 
 


Author

थप समाचार
x