घटना-दुर्घटना

बारामा बस दुर्घटना हुँदा ७ जना घाइते

इकागज |
असार २७, २०८१ बिहीबार १४:१७ बजे

बारा- बाराको पूर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।  


केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका निम्ति सिमरा अस्पतालमा पठाइएको छ भने घाइतेहरूको पहिचान अझैसम्म खुल्न सकेको छैन ।


Author

थप समाचार
x