Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

घटना-दुर्घटना

पहिरोबाट आएको ढुंगाले चालकलाई लाग्दा मृत्यु

इकागज |
असार २८, २०८१ शुक्रबार ७:३२ बजे

फाइल फाेटाे

काठमाडौँ -  नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा पहिरोबाट आएको ढुंगाले लाग्दा बसका चालकको मृत्यु भएको छ । बिहान खसेको पहिरोबाट आएको ढुंगाले लाग्दा बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएका थिए । 

नवलपरासी घर भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 



Author

थप समाचार
x