घटना-दुर्घटना

त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी (तस्बिरहरू)

इकागज |
असार २८, २०८१ शुक्रबार ९:२९ बजे

काठमाडौं - पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए । त्रिशूलीमा खसेका बसमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।


वीरगन्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ३५ जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन् । अहिले यात्रुको अवस्था अज्ञात रहेको र त्रिशुली नदीमा बसको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । 

र, यो पनि

पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता


Author

थप समाचार
x