घटना-दुर्घटना

चितवन पहिरो : बेपत्ता बस भेटिएन, गोताखोरबाट खोजी गर्दै

इकागज |
असार २८, २०८१ शुक्रबार १०:१२ बजे

फाइल फोटो

चितवन - पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।  नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमल तालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुई वटा बस नदीमा खसेका थिए ।  बसमा ६५ जना सवार रहेको बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको  जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए । 


आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्‍जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए  ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगन्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए । 

र, यो पनि

पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता

त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी (तस्बिरहरू)

- नारायणगढ-मुग्लिन सडकमा पहिरोले बगाएको बस र यात्रुको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

 

 


Author

थप समाचार
x