घटना-दुर्घटना

धनकुटामा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते

इकागज |
साउन ४, २०८१ शुक्रबार १४:२५ बजे

धनकुटा- धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन् ।

धनकुटाबाट हिलेतर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।


घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ  । 


Author

थप समाचार
x