घटना-दुर्घटना

खेतमा पानीमा डुबेको अवस्थामा पुरूषको शव फेला

इकागज |
साउन ४, २०८१ शुक्रबार १७:३२ बजे

सिरहा - सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

गोलबजार नगरपालिका वडा न- ८ सिडियोटोल नजिकै रहेको खेतमा जमेको पानीमा सोही गाउँका ६० वर्षीय मनोज थापाको शव फेला परेको हो ।


बुधवार राति देखि हराएका थापाको शव आज उनकै घरदेखि करिब  सय मिटरको दुरीमा खेतमा जमेको पानीमा फेला परेको प्रहरीले जनाएको छ ।

शव लाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी  भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x