Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

घटना-दुर्घटना

सिमलताल दुर्घटना: भारतीय टोलीले त्रिशुलीमा खोजी सुरु गर्यो

इकागज |
साउन ६, २०८१ आइतबार ११:१० बजे

चितवन - नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा यात्रुको अवस्था पत्ता लगाउन भारतबाट आएको टिमले खोजी कार्य शुरु गरेको छ ।

शनिबार नेपाल आएका भारतीय टोलीले आइतबार बिहानदेखि त्रिशुली नदीमा बसको खोजी शुरु गरेका हुन् ।  भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेको हो ।


भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको बताइएको छ । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ ।

गत असार २८ गते त्रिशूली नदीमा खसेका दुई बस अझै भेटिएका छैनन् भने कम्तीमा ३७ यात्रु अझै बेपत्ता छन् । हालसम्म २५ जनाको शव फेला परेकामा १८ जनाको सनाखत भएको छ ।


Author

थप समाचार
x