घटना-दुर्घटना

मोहना नदीमा अलपत्र परेकाहरुको सकुशल उद्धार

इकागज |
साउन ७, २०८१ सोमबार १३:१३ बजे

कैलाली - मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का बासिन्दाहरू नदी पार गरी घाँस काट्न गएकोमा  सो नदीमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरुको सशस्त्रको बिओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।



Author

थप समाचार
x